थरेन्द्रराज पौडेल उर्लाबारीस्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख हुन् । २०६८ साल जेठदेखि जिल्ला सहकारी डिभिजन कार्यलय मोरङमा संस्था दर्ता गरी व्यवस्थापकको भुमिका निर्वाह गर्दै आएका उनी संस्थाको स्तरोन्नतीसंगै कार्यकारी प्रमुखको जिम्मेवारीमा छन ।
सहकारी क्षेत्रमा करीब डेढ दशकको निरन्तरको अनुभवबाट खारिएका पौडेल २०७०–०७१ मा मोरङ जिल्लाकै उत्कृष्ट सहकारी व्यवस्थापकका रुपमा सम्मानित भएका थिए । प्रस्तुत छ सहकारीका अतिरिक्त अक्सिजन उत्पादन उद्योग, हाइडोपावर (जलबिद्युत) शैक्षिक संघ संस्थाहरुमा समेत महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका पौडेलसंगको सहकारी सम्बन्धी कुराकानीको निष्कर्ष–

तपाइँको अनुभवमा सहकारीको परिभाषा के हो ?
– सहकारी भनेको स्वभाविक रुपमा सामुहिक आर्थिक गतिबिधी गर्ने माध्यम हो । छरिएका साना पुँजीहरुलाई एकत्रित गरेर सदस्यहरुबिच एकापसमा वित्तीय सहकार्य गरेर व्यक्तिगत र सामुहिक वित्तीय समस्याहरुको हल गर्दै समाज रुपान्तरणमा भुमिका निर्वाह गर्न सक्ने संस्था नै सहकारी संस्था हो ।
सहकारीको कार्यक्षेत्र र यसको परिभाषा फराकिलो भएपनि यसको उदेश्य मुलत सामुहिक दायित्व र जिम्मेवारीसहितको आर्थिक कारोबार नै हो । समाजमा आर्थिक आवश्यकता र उपलब्धताको व्यवस्थापन गर्ने माध्यम पनि हो सहकारी हो । त्यसकारण सहकारी अभियान अहिले समाजमा आवश्यकता बनेको छ । वित्तिय क्षेत्रमा पहुँच पुग्न नसक्ने , सानो पुँजी लगानी गरि शुरु गरेका ससाना व्यापार व्यवसायीको लागि भने सहकारी आर्थिक उन्नतीको आधार पनि बनेको छ ।

सुदर्शन सहकारीको स्थापना चाहिं कसरी भएको हो ?
म सहकारीकर्मीका रुपमा आफनो ज्ञान र क्षमताले भ्याए सम्म यो क्षेत्रमा सक्रिय रुपले लागिरहेकै थिएँ । त्यसैबीचमा उद्योगी, व्यवसायी, सहकारी क्षेत्रका अनुभवी व्यक्तित्वहरुबाट उर्लाबारीमा सुदर्शन सहकारी स्थापनाको प्रस्ताव आयो ।
मैंले त्यसलाई सहज रुपमा लिएँ । मलाई विश्वास गरेर सबैले व्यवस्थापकीय नेतृत्व गर्ने अवसर दिनु भयो । यो संस्थाको स्थापना यसरी हुन गएको हो ।

अहिले सम्म सुदर्शनको कारोबार स्थिति के छ ?
२५ लाख रुपैयाँ शेयर पुँजीबाट शुरु गरेको सुदर्शन सहकारीले छोटो समयमा उर्लाबारीका उद्यमी व्यवसायी , वित्तिय क्षेत्रमा रुची राख्ने सदस्यहरुको मन जित्न सफल भएको छ । यसलाई सबैले विश्वास गरेर र माया गरेर यहाँ यो अवस्था सम्म ल्याउनु भएको छ यो नै सहकारीका लागि सुखद पक्ष हो । अहिले ६ करोड भन्दा बढी शेयर पुँजी बनाउन सफल भएका छौं भने सहकारी ऐन, नियम र मापदण्ड अनुसारका कोषहरुमा ५ करोड रुपैयाँ भन्दा बढी जम्मा रहेको छ ।
२५ जना शेयर सदस्यको सानो पुँजीबाट शुरु भएको सुदर्शन सहकारीमा अहिले १० हजार हाराहारीमा सदस्यहरु आवद्ध हुनुभएको छ । उर्लाबारी ५ मा मुख्य कार्यालय रहेको यस संस्थाले आफना सदस्यहरुको सेवालाई ध्यानमा राखेर सदस्यहरुकै माग अनुसार दमक, पथरी र मधुमल्लामा सेवा केन्द्र सञ्चालन गरिरहेको छ ।
संस्था मार्फत कर्जा लिएर र नियमित बचत गरेर उर्लाबारीको व्यापार व्यवसाय र समग्र आर्थिक विकासमा नै यसले सहयोगी भुमिका निर्वाह गर्दै आएको छ । सामाजिक काममा पनि यो संस्थाले भुमिका निर्वाह गर्दै आएको छ ।

अहिले सहकारी क्षेत्रहरुमा देखिएको समस्याको कारण के हो ?
समस्या सहकारीमा मात्रै होइन सबै क्षेत्रमा छ । आर्थिक बिषयमा कुरा गर्ने हो भने सहकारी, बैंक, शेयर बजार सबैतिर समस्या छन । तर यहाँ सहकारीलाई मात्रै फोकस गरेर सहकारी अभियानमाथि प्रहार गर्न खोजिँदैछ ।

सहकारी अभियान्ताहरु यसप्रति सचेत र संवेदनशील हुन जरुरी छ । म सहकारी क्षेत्रको अनुभवी भएको कारण यथार्थमा सहकारी संस्थाहरु आफनो उदेश्य भन्दा बाहिर गएर कारोबार गर्दा समस्यामा परिरहेका छन । जुन उद्धेश्यले सहकारी स्थापना गरिएको छ त्यसैमा केन्द्रित भएर कारोबार गर्दा तरलताको समस्या आउँदैन ।

बचत तथा ऋण सहकारीहरुले निक्षेप कर्ताको निक्षेप स्विकारेका छन र अनुत्पादक क्षेत्रमा लगानी गरेका छन् । शेयर सदस्यहरुको बचत संकलन गरेर हजारौं शेयर सदस्य रहेको सहकारीको एक्लो मालिक आफूलाई ठानी आफ्नो फाइदाका लागि बाह्य कारोबार गरेर संस्थाको बचत रकम व्यक्तिगत स्वार्थमा लगाउँदा यस खाले समस्याहरु आएका हुन सक्छन ।

व्यक्तिगत स्वार्थ त्यागेर क्षणभरमा करोडपती बन्ने सपना नदेखि संस्था र संस्थाका शेयर सदस्यहरुमा केन्द्रित भएर सहकारी मुल्य मान्यता र उदेश्य अनुसार वित्तिय अनुशासनमा रहेर उदेश्य अनुरुप कारोबार गर्ने हो भने मात्रै सहकारीहरुमाथि लागेको आरोप गलत सावित हुन्छ ।

अन्यथा यसले सहकारी अभियानलाई नै बदनाम गराउन लागिपरेका बैंकर्सहरु, मिटर ब्याजीहरुले सहकारी अभियानको बदनाम गरेर यो अभियानमाथिनै धावा बोल्ने छन र यसले अन्तत ससाना पुँजी भएका , सामुहिक आर्थिक कारोबार गर्ने , आफना सन्ततीको भविष्यका लागि बचत गर्ने र सुरक्षित भविष्य निर्माण गर्ने कुरामा बाधा पुग्ने देखिन्छ । नियमनकारी निकाय र अभियानमा खटिएका व्यक्तिहरुमा पनि वित्तिय ज्ञान, सीपको कमि भएको महसुस हुन्छ भने अर्कातिर यसका नेतृत्वकर्ताहरुले शक्तिको प्रभावका आडमा सहकारीलाई दुरुपयोग गर्दा अभियानले सोचे जस्तो उपलब्धी हात पार्न सकेको छैन । यसमा हरेक संस्थाका सदस्यहरु सचेत हुनुपर्छ ।

सहकारीहरुमा तरलताको समस्या के कारणले देखिएको हो ?
यदाकदा सहकारीहरुमा यो समस्या देखिएको छ । त्यो भनेको संस्थाका कोषहरुमा नियमानुसार गरिनुपर्ने बाँडफाँड लाभांश वितरण जस्ता कुराहरु समग्रमा वित्तिय ज्ञान नभई संस्था सञ्चालन गरेको अवस्थामा त्यस्तो आउने हो । तरलता व्यवस्थापन तथा आर्थिक स्रोत परिचलानमा संघ संस्थाले घटीमा १० देखि १५ प्रतिशत र बढीमा २५ प्रतिशत सम्म तरलको व्यवस्थापन मिलाउनु पर्ने हुन्छ । तरलताको व्यवस्थापन नगरी ऋण लगानी, लाभांश वितरण, सम्पत्ती अर्थात जिन्सी खरिद आदिमा खर्च नगरिनु पर्नेमा त्यसको उल्लघंन भएका कारण एकाध संस्थाहरुमा यो समस्या देखिएको हो । त्यसैगरी सहकारी संस्थाहरुका बीचमा अस्वस्थ प्रतिस्पर्धा रहेका कारण पनि यो समस्या देखिएको हो । यस्ता बिषयमा आपसी समन्वय र सहकार्यको जरुरी हुन्छ ।

सुदर्शन सहकारीले चाहिं आफना सदस्यहरुको हितमा के कस्ता योजनाहरु ल्याएको छ ?
सुदर्शन शेयर सदस्य कल्याणकारी योजना ल्याएको छ । सो योजना अन्तर्गत शेयर सदस्यहरुका लागि सन्तान प्राप्ती खुशीयाली योजनामा एक हजार, प्राकृतिक प्रकोप राहत योजनामा २० हजार, शल्यक्रिया राहत योजनामा ७ हजार, अङगभङग राहत योजनामा २ लाख, अशक्त राहत योजनामा २५ हजार, स्वास्थ्य सुधार योजनामा एक लाख, छात्रवृत्ति योजनामा १० हजार र मृतक राहत योजनामा ४५ हजार सम्मको काजक्रिया खर्च प्रदान गर्ने स्किमहरु ल्याइएको छ ।

साधारण सभा मार्फत जसलाई संस्थाको वित्तिय कारोबारका बारेमा ज्ञान छैन, अहिलेको आर्थिक अवस्था, बजारमा आएको समस्या र चुनौती, व्यापार व्यवसायमा पर्ने असरका बारेमा शेयर सदस्यलाई प्रत्यक्ष भेटघाट मार्फत सचेत र सहजीकरण गर्दैछौं ।

संस्थाले यहि भाद्र २८ देखि ३० गतेसम्म इकागत साधारण सभा गरि ३१ गते एकीकृत माइन्यूट प्रमाणितसहित साधारण सभा समापन गरिनेछ । सबै शेयर सदस्यहरुलाई आफूलाई पायक पर्ने सेवा केन्द्रमा हाम्रो संस्थाले गरेको सूचना अनुसार उपस्थित भएर साधारण सभामा सक्रिय सहभागी भई राय सुझावहरु राखिदिनु हुन पनि म अनुरोध गर्न चाहन्छु । संस्थाको साधारण सभा समापन भने ३१ गते उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah