काठमाण्डाै - बलात्कारको आरोप लागेका सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् ।
आज बिहान सामाजिक सञ्जालमार्फत उनले आफू निर्दोष रहेको र कानुनको सम्मान गरी केही दिनभित्रै देश फर्कने बताएका छन्। उनले क्यारेबियन प्रिमियर लिग छोडेर नेपाल फर्कन लागेको जानकारी दिएका छन् । साथै आफूमाथिको आरोप सामना गर्न तयार रहेको उनले लेखेका छन् ।
नेपाल क्रिकेट सङ्घ क्यानले हिजो लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको टिमबाट निलम्बन गरेको छ । १७ वर्षकी नाबालिकलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएर काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तान र टिमबाटै निलम्बन गरेको जनाएको छ ।
बलात्कारको आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले लामिछाने विरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । अहिले सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेष्टइन्डिजमा रहेका छन् ।
https://twitter.com/Sandeep25/status/1568049687038492674?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1568049687038492674%7Ctwgr%5E2bb146fce830de4b0c5b3a350a772c5452155623%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F75402%2F2022%2F9%2F9%2Fssandeep-lamichane-about-rape-case-cpl










