
धरान : धरान उपमहानगरपालिका-१५ स्थित बुढासुब्बा चोकमा अन्दाजी २ वर्षकी बालिका बेवारिसे अवस्थामा भेटिएकी छन् । सडकमा भेटिएकी बाकिकालाई प्रहरीको जिम्मा लगाइएको छ ।
मंगलबार राती सडकमा भेटिएकी ती इलाका प्रहरी कार्यालयमा खबर गरी प्रहरीको जिम्मा लगाएका थिए । प्रहरी कार्यालयमा बालिका राख्ने ठाउँ अभावका कारण सरस्वती बालआश्रम धरानमा राखिएको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख देउप्रसाद लिम्बुले बताए ।
उनले बालिकाको अभिभावक पत्ता लगाउनका लागि सुनसरी भरी प्रहरी मार्फत जानकारी गरिएको बताए ।