दमक/ पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका ४ मा पर्ने माईपूलमा टिपरको ठक्करबाट पतिको मृत्यु भएको छ भने पत्नी घाईते भएकी छिन् ।
दिउँसो करिव ३ बजेतिर पुर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका ४ सुरुङ्गास्थित माईपुलमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको प्रदेश ०३—००१ क ००९१ नम्बरको ट्रिपरले विपरित दिशातर्फ जादै गरेको दम्पत्ती सवार प्र १—०१—०१३ प ८३१९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाईकल चालक झापा बाह्रदशी गाउँपालिका ५ फुलवारीका ४६ बर्षिय सागर पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।
दुर्घटनामा घाईते पौडेलको उपचारका क्रममा विर्तामोडस्थित विएण्डसीमा बेलुकी पौने ६ बजे उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । घाईते श्रीमती गीता पौडेलको हाल विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



