युवा चिकित्सक डा. सन्देश पण्डितद्वारा लिखित ‘बेसिक प्रिन्सिपल्स अफ लिभिङ हन्ड्रेड’ नामक पुस्तक सार्वजनिक भएको छ ।

अंग्रेजी भाषामा लेखिएको भए पनि पुस्तक अध्ययन गर्नका लागि मेडिकल ज्ञानको आवश्यकता नपर्ने पुस्तकका लेखक डा.पण्डितले जानकारी दिए ।

पुस्तकमा स्वास्थ्य सम्बन्धी जानकारीलाई मसिनो तरिकाले केलाइएको छ ।

विश्वका विभिन्न ठाउँमा १०० वर्ष बाँचेका मानिस, तिनको खानपिन, रहनसहन, जीवनशैलीलाई पुस्तकमा सविस्तार चर्चा गरिएको छ ।

विभिन्न उपचार पद्दतिलाई सरल तरिकारले बुझाइएको छ भने चर्चित कलाकारलाई रोग लाग्दाको अति नै उपयोगी जानकारीमूलक कुरा पुस्तकमा समेटिएको छ ।

आजको समयमा किन यति धेरै मानिसहरू रोगी हुँदै गएका छन् र त्यसका लागि अपनाउनुपर्ने सचेतनाबारे पुस्तकमा उल्लेख छ । यो पुस्तक पढेपछि मानिसमा स्वास्थ्यप्रति सचेतना र हेर्ने दृष्टिकोण परिवर्तन हुने डा. पण्डितले बताए ।

हाम्रा हजुरबुबा, हजुरआमा पुस्ताका मानिसहरू १०० वर्ष विना कुनै औषधि बाँच्थे तर स्वास्थ्य विज्ञानले यत्रो फड्को मार्दा र अनेकौ स्वास्थ्य सेवाका विकल्प हुँदा पनि किन हाम्रो पुस्तालाई ६०–७० वर्षसम्म बाँच्न समस्या भइरहेको छ भन्ने कुरालाई पुस्तकमा उल्लेख गरिएको छ ।

शिखा बुक्सले पुस्तक प्रकाशनमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय