
एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले यो संसद र यसको कार्यकाल सफल भएको बताएका छन् । शनिवार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले यो संसदले संविधानको कार्यान्वयनका लागि कानून बनाउन भूमिका खेलेको बताउँदै इतिहासमा नमेटिने खालका काम भएको, राष्ट्रिय स्वाधिनताका सम्बन्धमा महत्वपूर्ण काम भएको बताए ।
उनले आफ्नो सरकार रहेको बेला संसदमा आफूलाई रचनात्मक सहयोग गरेकोमा धन्यवाद समेत दिए । तर पछिल्लो समयमा संसद कमजोर भएको राष्ट्रियताको पक्षमा उभिन नसकेको दावी गर्दै राष्ट्रिय आवश्यकता एकातिर र संसदको अंक गणित अर्कोतिर भएको र कृत्रिम अंक गणित खडा गरिएको उल्लेख गरे । जनताको जनादेश एकातिर र संसदको अंक गणित अर्कोतिर गएकोले ताजा जनादेशमा जान आफ्नो नेतृत्वको सरकार बाध्य भएको बताए ।
उनले अहिलेको गठबन्धन दललाई मंसिर ४ गते जनताले जवाफ दिने बताउँदै सरकार र निर्वाचन आयोगलाई निष्पक्ष निर्वाचन गर्न पनि आग्रह गरे ।