काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवनको अवसरमा ९९८ वटा पदक तथा विभूषण प्रदान गरेकी छन् ।

भदौ ३१ गतेको मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपति भण्डारले नेपाल रत्नसहित विभिन्न ९९८ वटा विभूषण पदक प्रदान गरेकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले संविधान दिवनमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गरेको जनाएका छन् ।