दमक/ झापाको कमलमा आज आइतबार साँझ टेम्पोको ठक्करबाट चार बर्षिय एक बालकको मृत्यु भएको छ । कमल ४ स्थित भित्रि पक्की सडक खण्डमा भएको दुर्घटनामा सोही ठाउँकी तुलसा गिरीका छोरा ४ बर्षिय ऋतिक गिरीको मृत्यु भएको हो ।
करिब साढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे१ह ५१३९ नम्बरको टेम्पोले बाटो क्रस गर्दै गरेका बालक गिरीलाई ठक्कर दिँदा गम्भिर घाईते भएका थिए । उनको उपचारका लागि एडभान्स अस्पताल दमक ल्याइएकोमा तत्कालै चिकित्सकहरुले मृत घोषणा गरेका टाफिक प्रहरीले जनाएको छ । टेम्पो र टेम्पो चालक सोही ठाउँका ३४ बर्षिय नसिब गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय