दमक, ३ असोज–झापाको दमक–९ मा रहेको सप्त श्री एकाडेमीले संविधान दिवसको अवसरमा सोमबार बिहान र्याली निकालिएको छ । सप्त श्री एकाडेमी परिसरबाट विद्यार्थी, शिक्षक र अभिबाहकहरु सहभागि भएको र्यालीले दमकको गोर्खा डिपार्टमेन्टको खुल्ला प्राङ्गणमा आएर संक्षिप्त कोणसभा गरेको थियो ।
सप्त श्री एकाडेमीका प्रिन्सिपल रमेश बस्नेतकाअनुसार र्यालीमा कक्षा ६ देखि १० का विद्यार्थीसहित विद्यालयका शिक्षक–शिक्षिका र अभिबाहकहरु सहभाथि थिए । विद्यालय परिसरबाट सुरु भएको र्यालीले पूर्वपश्चिम लोकमार्गको पाथिभरा पेट्रोल पम्पहुदैं क्याम्पस मोडबाट गोर्खा डिपार्टमेन्टको खुल्ला प्राङ्गणमा कोण सभाको आयोजना गरेको प्रिन्सिपल बस्नेतकाले हाम्रोसरोकारलाई जानकारी दिनुभयो ।
कोणसभामा एकाडेमीका प्रिन्सिपल बस्नेतकाले संविधान दिवस भनेको के हो ? संविधान र हाम्रो देशको कानुन, संविधान अनि हाम्रो राष्ट्रियता र मानव अधिकार सम्बन्धीका हक, ब्यवस्था र ग्यारेन्टीमा के के छन् ? हामीले यो दिवस मनाउनुका कारण र संविधान दिवसको अर्थ, परिभाषा लगायतका बारेमा र्यालीमा सहभागि विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
र्यालीमा सहभागि विद्यार्थीहरुले विभिन्न नाराहरु लेखिएको प्लेकार्डहरु बोकेका थिए । त्यसैगरी, र्यालीमा सहभागि विद्यार्थीहरुले ‘मानव अधिकार रक्षा गर’, ‘महङ्गी र भष्ट्रचार मर्दाबाद’, ‘बलत्कारीलाई फाँसी दे’ लगायतका नाराहरु लगाएका पनि थिए ।




