मकवानपुर – मकवानपुरको हेटौँडा उपमहानगरपालिका-७ न्युरेनी नागदहको कर्रा खोलामा डुबेर तीन जना बालकको ज्यान गएको छ।

पाैडी खेल्ने क्रममा डुबेका हेटौँडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, १२ वर्षीय कर्साङ जिम्बार र १३ वर्षीय सञ्जीव मोक्तानकाे ज्यान गएकाे हाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटाैँडा ५ र ७ को सिमानामा पर्ने न्युरेनी नागदहमा रहेकाे कर्रा खोलामा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका थिए ।

आज दिउँसाे चार जना बालकहरु पौडी खेल्न खोलामा गएकामा एक जनाकाे भने सकुशल उद्धार गरिएकाे थियाे । उनीहरु हेटौँडा-१५ फारलाइनबाट पौडी खेल्न आएका प्रहरीले जनाएकाे छ ।