दमक/ पाँचथर र सुनसरीमा आज दिउँसो भएका अलग अलग दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको फिदिम ४ सल्लेरीमा दिउँसो ३ बजे माझिटार बाट फिदिम बजार तर्फ जाँदै गरेको को ४ प ८९९९ नम्बरको माटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक कुम्मयाक गाउँपालिका वडा नं ३ कातिकेका २४ बर्षिय भिम बहादुर माझीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका माझीको जिल्ला अस्पताल पाँचथरमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार माझी पत्नी १९ बर्षिया सुस्मिता माझी सामान्य घाइते भएकी छिन । उनको उपचार भइरहेको छ । त्यसैगरी अपरान्ह ४ बजे ईटहरी उमनपा १७ बक्लौरीस्थित कान्छीचोक चतरा सडकखण्डमा पिकअपको ठक्करबाट रामधुनी ३ का ६३ बर्षिय चन्द्रराज दाहालको मृत्यु भएको छ । चतराबाट कान्छीचोक तर्फ आउदै गरेको को २ च ८४४ नम्बरको पिकअप गाडीले सोही दिसा तर्फ आउदै गरेका साईकल यात्रीले बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा साईकल चालक दाहालको टाउकोमा गम्भिर चोट लागेको थियो । उनको उपचारका लागि धरान तर्फ लैजाने क्रममा पौने ५ बजे मृत्यु भएको र दुर्घटनामा संलग्न सवारी तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah