सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका भारदहस्थित कंकालिनी मन्दिरमा नेपाली सेनाले मंगलबार हेलिकप्टर मार्फत पुष्पवृष्टि गरेको छ ।

यस मन्दिरमा हरेक बर्ष दशैंको नवमीका दिन राँगाको बलि प्रदान गर्नुअघि एक एक राँगाको संकल्प पूजा गर्ने चलन रहेपानि यस पटक बली प्रदान हुने राँगाको संख्या बढी भएकाले सामूहिक रूपमा संकल्प पूजा गरिएको हो । जसलाई महासंकल्प पूजा भनिएको छ । महासंकल्प पूजाकै अवसर पारेर मंगलबार बिहान हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको मन्दिर समितिले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दशैंको नवमी तिथिका दिन यस मन्दिरमा राँगाको बली प्रदान गर्ने चलन छ। यो मन्दिरमा यस पटक ६७५ राँगाको बली दिइएको मन्दिर समितिले जनाएको छ ।