दाङ – दाङको राप्ती र सहायक नदी तथा बबई खोलामा आएको बाढीले दाङमा झन्डै तीन हजार वटा घर डुबानमा परेका छन् । जिल्ला आपत्कालीन सञ्चालन केन्द्र दाङका अनुसार राप्ती नदी, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा दुई हजार नाै सय ५२ घर डुबानमा परेका हुन् । घर डुबानमा परेपछि विस्थापित भएका आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

यस्तै तीन दिनदेखि लगातार पानी पर्दा दुई सय तीन घर पूर्णरूपमा भत्किएका छन् । झन्डै एक सय जनालाई उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीकाे सक्रियतामा बाढीमा फसेकाहरूलाई उद्धार गरिएको हो ।

दाङका सबैभन्दा बढी लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका पूर्णरूपमा प्रभावित भएका छन् । यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दंगिशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिकाका धेरैजसाे वडा बाढीका कारण प्रभावित भएका छन् ।

यसपालिको बाढीले धान खेती पनि नष्ट गरेको छ । पाकेर काट्न ठिक्क परेको धान डुबानमा परेपछि किसान चिन्तिन छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय