रौतहटको मौलापुरबाट काठमाडौँ जाने रात्रिसेवा बसबाट प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ। मौलापुर बाट यात्रु लिएर काठमाडौँ जान थप यात्रु लिन गौरस्थित बसपार्कभित्र पुगेको ना८ख ४७१८ नम्बरको सुशील डिलक्स बसभित्र चेकजाँचको क्रममा विभिन्न प्रकारको लागु औषध फेला परेको हो ।

लागु औषधसहित पक्राउ पर्नेमा बसका सहचालक मौलापुर ६ पथराका वर्ष २६ का भाग्यनारायण साह र सोही ठाउँका बसमा सामान लोड गर्ने वर्ष २९ का मौजेलाल यादव रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर ठाडा मगरले बताएका छन् । चेकजाँचको क्रममा उक्त बसको डिकीबाट डाइजोपाम ५७५ ऐम्पुल,‌ फेनरागन ५ सय ७५ एम्पुल, नुरफिन ५ सय ७५ एम्पुल र नाईट्रोभेट ४ हजार ५५० ट्याबलेट गरी कूल ६ हजार दुई सय ७५ थान प्रतिबन्धित लागु औषध फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताए ।

चामलको बोराभित्र लुकाएर राखिएको अवस्थामा उक्त लागु औषध बरामद भएको प्रहरीको भनाइ छ । लागु औषध सहित पक्राउ दुवैजना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah