माेरङ – राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधि सभाकी उम्मेदवार अभिनेत्री रेखा थापाले आफू जन्मेको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न प्रत्यक्षतर्फको चुनावमा आउनुपरेकाे बताएकी छिन् ।

आज बिहीवार सुन्दरहरैँचा वडा नम्बर ११ का मतदातासँगको भेटमा थापाले समानुपातिकबाट सजिलै सांसद बन्ने अवस्था भए पनि आफू जन्मेको निर्वाचन क्षेत्रमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न आफूले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको बताएकी हुन् । उनले मोरङ क्षेत्र नम्बर ३ का सबै घरपरिवार आफन्त भएको उल्लेख गर्दै उनीहरूसँग छलफल गरेर यस क्षेत्रको समस्या गर्न आफू लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

उनले भनिन्, ‘मेरो दायित्व यहाँका माटोसँग छ, यो क्षेत्रसँग छ । समानुपातिक भन्ने छँदै थियो । मलाई तपाईँहरूसँग भेट्नु थियो । तपाईँहरूसँग कुरा गर्नु थियो । यो क्षेत्रको माटो र यो क्षेत्रका हरेक घर परिवार मेरा आफन्त हुन् । मैले यहाँको रक्षा गर्नुपर्छ । गलत प्रवृत्तिको अन्त्य गर्नुपर्छ भनेर म यहाँ आएको हुँ । मलाई जनप्रतिनिधि हुनलाई, मलाई माननीय हुनलाई ठूलो कुरा थिएन । म त्यहीँ (काठमाण्डाै) बसेर पनि हुन्थे । तर म त्यहाँ बसिरहँदा यहाँको समस्या थाहा पाउने थिइन ।’

अभिनेत्री थापाले महिलाहरू नेतृत्वमा पुगे देशको भ्रष्टाचार आफैँ समाप्त हुने दाबीसमेत गरिन् । घर चलाउन सक्षम महिलाहरू देश चलाउन पनि सक्षम रहेको उनको भनाइ थियो । कार्यक्रममा उपस्थित भएका केही युवाले अभिनेत्री थापालाई मत दिने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah