काठमाण्डाै – बिरामी भएर अस्पताल भर्ना हुनुभएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जानकारी दिएको छ ।

जाेशीकाे अवस्था चिन्ताजनक रहेको किस्ट अस्पतालले आज शुक्रवार बुलेटिन निकालेर जानकारी दिएको हो । २२ दिनदेखि उपचाररत उहाँलाई हिजो बिहीवार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर औषधिले शरीरमा राम्रो काम नगरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या छ । साथै उहाँलाई डेङ्गी पनि भएको थियो ।