काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

त्यस्तै, राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।