काठमाडौं । गृहसचिव विनोदबहादुर सिंहले ४ मंसिरमा तय भएको आमनिर्वाचनका लागि जारी आचारसंहिता कडाइका साथ लागू गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

उहाँले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता पालनामा कुनै कसुर बाँकी नराख्न निर्देशन दिनुभएको हो । आचारसंहिता कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीको काम, कर्तव्य र अधिकार रहने उहाँले स्मरण गराउनुभएको छ ।

सिंहले जिल्लाको शान्ति सुरक्षा कायम गर्न दत्तचित्त भएर लाग्न र त्यसमा समन्वय गर्न मन्त्रालय हरदम तयार रहेको बताउनुभएको छ ।

निर्वाचन आयोगका पदाधिकारीसमेतको उपस्थितिमा भएको भर्चुअल बैठक गृह सचिव सिंह र आयोगबाट निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र सचिव गोकर्णमणि दुवाडीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय