
दमक, १ कार्तिक । आज दिउँसो गृह जिल्ला झापा आइपुगेका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएका छन् ।झापा क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका अध्यक्ष ओली चुनाव प्रचार प्रसारका क्रममा आज झापा दिउँसो आएका थिए । भद्रपुरहुदै दमक आएका उनलाई एकाएक ज्वरो आएपछि अहिले औषधी खाएर घरमै आराम गरिआएको एमाले पोलिटव्युरो सदस्य देवेन्द्र दाहालले बताए ।
तीन दिने चुनावी प्रचार अभियानका क्रममा सहभागि हुनका लागि उनी श्रीमती राधिका शाक्यका साथ झापा आएका हुन् ।
अध्यक्ष ओलीलाई ज्वरो आएपछि आज दमकमा तय गरिएका पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटभाटका कार्यक्रम स्थगित गरिएका एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले बताए ।