झापा / झापाकाे गौरादहमा भतिजलाइ गोली हानी काकाले गरे आत्महत्या गरेका छन् । गौरादह नगरपालिका वडा नं. ८ बैराती स्कुल अगाडी बिरन साहले आफैँले बोकेको पेस्तोलबाट १४ वर्षीय भतिजालाइ गोली हानी आत्महत्या गरेका हुन् ।
उनले सुरुमा उनका भतिजा लाई गोली हानेकाे र आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । गोली लागेर गम्भीर घाइते भतिजा १४ वर्षीय बालक रहेको र उनलाई उपचारका लागि बिएण्डसि अस्पताल बिर्तामोड लगिएको छ । आत्महत्या गरेका बिरन साह पूर्व प्रहरी रहेको बुझिएको छ ।



