दमक/ माइधारबाट मलामी बोकेर कुन्जिबारी तर्फा फर्किदै गरेको बस दुर्घटना हुदा २८ जना मलामी घाइते भएका छन् । बुधबार दिउसो ओडारी चोक नजिकैबाट स्थानीय एक मृत्युको मलामी गएर फर्किदै गरेका उनीहरु सवार बस पुर्व-पश्चिम राजमार्ग छेउको रुखमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरु सबैको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचार भैरहेको बसमा सवार मध्येकी मनिता राइले जानकारी दिइन ।

प्रहरीका अनुसार कनकाई नदीको मुक्तिघाटमा शवको दाहसंस्कार सकेर मलामी लिएर फर्किँदै गरेको ना ७ ख २६५१ नम्बरको बस दुर्घटनामा परेको थियो । मलामी बस राजमार्ग दक्षिण किनारको रुखमा गएर ठोकिएको थियो । सोही दिशाबाट आउँदै गरेको अर्को बसलाई जोगाउन खोज्दा मलामी बोकेको बस राजमार्ग दक्षिण रुखमा ठोकिएको स्थानीयबासीले बताएका छन् ।

मलामी बोकेको बस चालकले जोगाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते सबैको उपचारका लागि बिर्तामोड लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय