दाङ । दाङको बबई नदीमा नुहाउन गएका बेला हिजो दिउँसो बेपत्ता भएका दुई किशोरी आज बेलुकी मृत अवस्थामा फेला परेका छन् ।

घटना भएको दंगीशरण गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष डम्बर खत्रीका अनुसार उनीहरुको शव स्थानीयले आइतवार बेलुकी फेला पारेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डुबेको ठाउँदेखि झन्डै डेढ किलोमिटरको दूरीमा करिब १० मिटर गहिराइमा दुई जनाको शव एकै ठाँउमा घोप्टो परेको अवस्थामा फेला परेको वडा अध्यक्ष खत्रीले जानकारी दिए । दुवैजना नुहाउने क्रममा शनिबार दिउँसो डुबेर बेपत्ता भएका थिए ।