काठमाडौं । भारतको गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या कम्तीमा १०० पुगेको छ । मोरबी नदीमाथि बनेको सस्पेन्सन ब्रिज भत्किँदा मृत्यु हुनेको संख्या १०० पुगेको हो । यो संख्या अझ बढ्न सक्ने भारतीय अधिकारीको भनाइ उद्धृत गर्दै भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले लेखेको छ ।

गुजरात सरकारले मृतकका परिवारलाई चार लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेको छ । यस्तै, मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरिएको छ ।

सो दुर्घटना हुने बेला पुलमा ४०० जना रहेको बताइएको छ । करिब एक शताब्दी पुरानो पुल मर्मतपछि सञ्चालनमा आएको केही दिनमै यस्तो दुर्घटना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर