काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङ पुग्नुभएको छ ।

हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन एवम् भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रमका लागि राष्ट्रपति भण्डारी मुस्ताङ पुग्नु भएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार ३५ फिट अग्लो भगवान् बुद्धको मूर्ति अनावरण र विष्णुको मूर्तिको शिलान्यास समारोहमा सहभागी भएर राष्ट्रपति फर्कनुहुन्छ । राष्ट्रपति भण्डारीले गएकाे वर्ष पनि मुक्तिनाथमा पूजाअर्चना गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय