काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याएरै छाड्ने बताउनुभएको छ ।

शुक्रबार दार्चुलाबाट सुरु भएको एमाले चुनावी सभालाई खलंगामा सम्बोधन गर्दै उहाँले आफ्नो पार्टीले चुनाव जितेर सरकार बनाएमा लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्ने दाबी गर्नुभयो ।

‘आज दार्चुलाबाट हामीले चुनावको विशेष अभियान थालेका छौं । दार्चुलाको खलंगामा उभिएर म दुईवटा कुरा ग्यारेन्टी गर्न चाहन्छु– पछाडि परेको क्षेत्रलाई हामी विकासको मूलधारमा ल्याउँछौं । राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च पनि जमिन कसैलाई मिच्न दिनेवाला छैन, मिचिएको जमिन पनि फिर्ता ल्याउँछौं,’ ओलीको उद्घोष थियो ।

एमालेले शुक्रबारदेखि चुनावी अभियान थालेको हो । यसपटक ओली सुदूरपश्चिम हुँदै पूर्वतिर चुनाव प्रचार प्रसारमा लाग्ने भएका छन् । ओली २७ कात्तिकसम्म जिल्ला जिल्लामा आयोजित चुनावी सभामा सम्बोधन गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय