काठमाण्डाै – मोरङको बेलबारी नगरपालिका-१ ढुकुरो चोकमा गएराति आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गएराति पौने २ बजे डबलबहादुर खाण ठकुरीको तीन तले पक्की घरमा आगलागी भएको हो । आगलागीमा परेर उहाँका ३० वर्षका छोरा भुषण ठकुरी र २८ वर्षकी बुहारी नमिता ठकुरी घाइते भएका छन् । उनीहरुको शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ । आगलागीमा झन्डै चार करोड रुपैयाँ बराबरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण घरका सबै सामग्री जलेर नष्ट भएको छ । घरको सटरमा हार्डवेयर पसल रहेको र पसलमा रहेको नगद चार लाख रुपैयाँ सहित सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै, घरमा रहेको एउटा मोटरसाइकल पनि जलेको छ।

आगो निभाउन विराटनगर महानगरपालिका, उर्लाबारी नगरपालिका, इटहरी उपमहानगरपालिकालगायतका पालिकाबाट दमकल गएको थियो । ८, ९ वटा दमकल, प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा राति साढे ३ बजेतिर आगो निभाइएकाे बेलबारी नगरपालिका-१ का वडा अधयक्ष मणिबहादुर पुलामी मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय