काठमाण्डाै – मोरङको बेलबारी नगरपालिका-१ ढुकुरो चोकमा गएराति आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गएराति पौने २ बजे डबलबहादुर खाण ठकुरीको तीन तले पक्की घरमा आगलागी भएको हो । आगलागीमा परेर उहाँका ३० वर्षका छोरा भुषण ठकुरी र २८ वर्षकी बुहारी नमिता ठकुरी घाइते भएका छन् । उनीहरुको शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ । आगलागीमा झन्डै चार करोड रुपैयाँ बराबरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण घरका सबै सामग्री जलेर नष्ट भएको छ । घरको सटरमा हार्डवेयर पसल रहेको र पसलमा रहेको नगद चार लाख रुपैयाँ सहित सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै, घरमा रहेको एउटा मोटरसाइकल पनि जलेको छ।

आगो निभाउन विराटनगर महानगरपालिका, उर्लाबारी नगरपालिका, इटहरी उपमहानगरपालिकालगायतका पालिकाबाट दमकल गएको थियो । ८, ९ वटा दमकल, प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा राति साढे ३ बजेतिर आगो निभाइएकाे बेलबारी नगरपालिका-१ का वडा अधयक्ष मणिबहादुर पुलामी मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah