मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङ क्षेत्र नम्बर–३ की उम्मेदवार रेखा थापाले ‘पार्टी बचाउन कहिलेसम्म छोरा नातिलाई खाडी पठाउने’ भन्दै मतदातालाई प्रश्न गरेकी छन् ।

शुक्रवार थापाले घरदैलो कार्यक्रमको २५ औं दिन बेलबारी–२ पुगेर यस्तो प्रश्न गरेकी हुन् । चर्चित अभिनेत्री समेत रहेकी उनले भनिन्, ‘पार्टी पार्टी भनेर कति त्यही पार्टीसँग सति जानुहुन्छ ? आफ्नो घर बिग्रेको थाहा छैन, छोरा नातिलाई खाडी पठायो अनि मेरो महान् पार्टी फलानो भन्यो दौडियो । आफ्नो सन्तान बचाउन नसक्ने तपाईको महान् पार्टी कहिलेसम्म जोगाइ दिने ? कसको लागी जोगाइ दिने ? अब पनि बुझ्नु भएन भने के राजनीति गर्नुहुन्छ ?’

थापाले युवापुस्तालाई नेताको पछाडि नदौडिन आग्रह गरेकी छन् । भ्रष्ट नियत भएका नेताको पछि दौडिएर युवापुस्ताले आफ्नो समय बर्बाद गर्न नहुनेमा उनले जोड दिएकी छन् । उनले भनिन्, ‘म मेरा दाजुभाइहरूलाई अनुरोध गर्छु । कुनै नेताको पछाडि जिन्दाबाद र मुर्दावाद भन्दै नदौडिनुहोला । आज जुन नेताको पछि दौडनु हुन्छ त्यी नेता ठाउँमा पुग्लान् तर चुनाव सकिएको २÷४ दिन पनि बित्न नपाउँदै मेरा दाजुभाइ कुन खाडी मुलुक पुग्ने हो थाह छैन ।’

उनले युवाहरूलाई केही काम नभए घरमा आमा श्रीमतीलाई काम सघाउन आग्रह गरेकी छन् । उनले भनिन्, ‘काम सघाउँदा बरु आमा त खुशी हुन्छिन् । त्यो तपाईको मत किनेर गएको नेताले जितेको भोलिपल्ट तपाईलाई चिन्दैन । के को लागि हिँड्ने जिन्दाबाद, जिन्दाबाद गर्दै ?’

थापाले आफू नेता बन्नका लागि राजनीतिमा नलागेको जिकीर गरेकी छन् । जनताले अनुमोदन गरे जनप्रतिनिधिको परिभाषा ५ वर्षमा परिवर्तन गरेर देखाउने बताएकी छन् । उनले भनिन्, ‘जनता र जनप्रतिनिधिबीचको खाडल भर्न आएकी हुँ । ५ वर्षमा मैले गरेको काम देखेर चित्त बुझ्यो भने त्यो बेला मलाई नेता मान्नु । अहिले म नितान्त तपाईहरूको सेवक बन्न आएकी हुँ । ममाथि मत लगानी गरेर मलाई सेवा गर्ने अनुमति दिनुहोस् भन्न आएको हुँ ।’

नेपाली जनताले धेरै पटक पार्टी जोगाएको र अब परिवर्तनका लागि युवापुस्ताको जोश–जाँगर जोगाउनेमा आफू विश्वस्त रहेको थापाले बताइन् । उनले मोरङ ३ परिवर्तनको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेकी छन् । थापालाई महिला, नयाँ मतदाता र सुकुम्वासीहरूको बलियो साथ रहेको छ । उनले आफूलाई यस क्षेत्रमा विकल्पको रूपमा प्रस्तुत गर्न सफल भएकाले थापाको सम्भावना बढ्दै गरेको पाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah