बाँकेको कोहलपुर नगरपालिका–११ स्थित नविल बैंकको शाखा कार्यालयमा आगलागी भएको छ ।

बुधबार बिहान ५ बजे लागेको आगो अहिले नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐन बहादुर मल्लले रातोपाटीलाई बताए ।

साझा चोकमा रहेको बैंकको शाखामा रहेका इलेक्ट्रोनिक सामग्री र कागजात जलेका छन् । विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डीएसपी मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय