दोलखाको भीमेश्वर नगरपालिकामा विष्फोटको आवाज सुनिएको छ । भीमेश्वर नगरपालिका–३ स्थित सातदोबाटोमा विष्फोटको आवाज आएपछि घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।
सातदोबाटोस्थित फोहोर फाल्ने ठाउँमा विष्फोटको आवाज सुनिएको दोलखाका डीएसपी गंगा पौडेलले रातोपाटीलाई बताए । घटनास्थलमा तार वा बमको टुक्रा फेला परेको छैन । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय