पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर–२ बाट प्रहरीले नक्कली मतपत्रसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित पश्चिम चम्पारन घर भएका ४० वर्षीय इजाजत अहमद छन् ।
अहमद प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपत्र मोटरसाइकलमा बोकेर भारतबाट नेपालको दशौतातर्फ आउँदै थिए । उनको साथबाट १५ हजार थान मतपत्र बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दिपक गिरीले रातोपाटीलाई बताए ।
दशौता सडक खण्डमा सशस्त्र प्रहरीको बोओपी भिखमपुरबाट खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापामगर नेतृत्वको टोलीले उनलाई पक्राउ गरेका हुन् । आरोपी भारतीय नम्बर प्लेट बिआर–२२ डब्लु–८००२ नम्बरको मोटरसाइकलमा मतपत्र लिएर नेपालतर्फ आउँदै थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय