काठमाडौं। कात्तिक १७ गतेदेखि शुरु भएको चुनाव प्रचारप्रसार बिहीबार मध्यरातिसम्म गर्न पाइनेछ भने सीमा नाका हिजाे बुधबार रातिदेखि बन्द भएकाे छ । मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म सातै प्रदेशमा एक साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि अर्थात् मङ्सिर १ गते मध्यराति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीले निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि गर्न नपाइने जनाएको छ ।

निर्वाचन सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि अर्थात् आज बुधबार राति १२ बजेदेखि मुलुकका सबै नाका बन्द गरिने भएको छ ।

बन्द नाका मतदान सकिएपछि मात्रै खुला गर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाका १६५ सिटमा दुई हजार ४१२ र सातै प्रदेशका ३३० सिटका लागि तीन हजार २२३ उम्मेदवार छन्  ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्नेछन् । मतदानका लागि आयोगले १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र तोकेको छ  । निर्वाचनका लागि दुई लाख ४७ हजार कर्मचारी खटिने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय