काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले ५० जनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार नेपाल र यूएईबीचको खेल जारी रहँदा दर्शकदीर्घामा बसेर सट्टेबाजी गरेको आशंकामा ५० जनालाई नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

सीआईबीका प्रवक्ता कमल थापाले शंकास्पद गतिविधि गरेको आशंकामा त्रिवि क्रिकेट मैदानबाट ५० जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनले भने, ‘गोप्यसूचनाका आधारमा केहीदिन अघिदेखि हामीले निगरानी गरिरहेका थियौं। सोही आधारमा उनीहरुलाई पक्राउ गरेको हो । अनुसन्धान भइरहेको छ ।’

यूएईको नेपाल भ्रमणअन्तर्गत एकदिवसीय शृंखलाको अन्तिम खेलमा अहिले नेपाल र यूएईबीचको खेल जारी छ । नेपालमा कानुनले कुनै पनि किसिमको सट्टेबाजीलाई अवैध मान्छ । तर, विभिन्न विदेशी ‘बेटिङ’ प्लेटफर्मको माध्यमबाट समय–समयमा सट्टेबाजीका घटना बाहिरिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर