झापा, ५ मंसीर । झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । एक हजार ६३४ मतगणना हुँदा एमालेका उम्मेदवार देवराज घिमीले ६३० मत ल्याएर अग्रता कायम गरेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका हरि रानाले ३९७ र स्वतन्त्र पार्टीका रुद्र गिरीले १९८ मत ल्याएका छन् ।यसैगरि, झापा क्षेत्र न.१ मा सर्वदलीय बैठक बसिरहेकाले मतगणना सुरु हुन अझै समय लाग्ने भएको छ भने, ४ को भर्खरै बैठक सकिएको छ । केहि समयपछि मतगणना सुरुहुने जानकारी प्राप्त भएको छ । यस्तै क्षेत्र न.३ र ५ मा पनि मतगणना अहिले ११ वजे देखि सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय