
दमकका शैक्षिक परामर्श व्यवसायीहरू “शैक्षिक परामर्श, भाषा शिक्षण र तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३” विरुद्ध शान्तिपूर्ण विरोध र्यालीसहित सडकमा उत्रिएका छ्न । प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र झापा ५ अन्तर्गतको दमकमा सरकारकै कदम विरुद्ध ब्यवसायीहरु सडकमा उत्रिएका हुन ।
शैक्षिक परामर्श क्षेत्रको अस्तित्व, गुणस्तर, पारदर्शिता तथा विद्यार्थी हितको संरक्षण गर्दै सरोकारवालाहरूको साझा चासो, सुझाव र मागहरू सम्बन्धित निकायसमक्ष जिम्मेवारीपूर्वक पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शैक्षिक परामर्श ब्यवसायी संघ झापाका सचिब विशाल सिटौलाले बताए ।
ब्यवसायीहरुका अनुसार सो नियमावलीमा परामर्श ब्यवसायीहरुले २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने ब्यवस्थाप्रती गम्भीर असहमति छ । उनीहरूले बिध्यार्थी वा अभिभावकबाट बिदेशका कलेजमा लाग्ने शुल्क लिदै नलिने , सो रकम सोझै अभिभावकको खाताबाट कलेजमा जाने भएकाले त्यसको जिम्मेवारी परामर्श ब्यवसायीहरुलाई जबर्जस्ती लादिनु न्याय संगत नभएको उनीहरुको भनाई छ ।



