आँखा सन्क्याएकै भरमा एकाएक चर्चामा आएकी दक्षिण भारतीय फिल्मकी नायिका प्रिया प्रकाश वारियरको अर्को भिडियो सार्वजनिक भएको छ । भिडियो बाहिरिए लगत्तै भिडियोले फेरी पनि हंगामा नै मच्चाएको छ । नयाँ भिडियोमा पनि प्रिया प्रकाश पुरानो भिडियोमा भन्दा निकै नै भिन्न लुक्समा देखिएकी छिन् । प्रियाले एउटा गीत बिहेको रिसेप्सन पार्टीमा गाएको र उक्त गीतमा साडीमा सजीएकी उनी नाचेको पनि देख्न सकिन्छ ।यो पार्टीमा प्रियाको डेब्यू फिल्म ओरु अदार लभ को पूरै टिम थिए । भिडियोमा प्रिया गीत गाउँदै डान्स स्टेप पनि गरेकी छिन् । गुलाबी रंगको सारीमा प्रिया निकै सुन्दर देखिएकी छिन् । यस वर्षकै इन्टरनेट सेन्सेसन बनेकी प्रिया प्रकाश वारियर पछिल्लो समय औधी चर्चामा छिन् ।
पछिल्लो केही दिन यता इन्टरनेटमा अर्की एक्ट्रेस नेहा शर्माको बहिनी आयशा शर्मा छाएकी छन् । अहिले उनको तस्वीर लगातार सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ ।
त्यसोत, समाचारमा आएअनुसार यो वर्ष बलिउडको ठुलो पर्दामा नयाँ अनुहार देखिने भएको छ । सैफ अली खानको छारी सारा अली खान, बोनी कपुरको छोरी जाह्वनवी कपुर र शाहिद कपुरको भाई ईशान खट्टको साथ अब अभिनेत्री नेहा शर्माकी बहिनी आयशा शर्माको नाम पनि यो सुचिमा सामेल भईसकेको छ । तर मिडियामा आएको चर्चा अनुसार आयशा शर्माको फिल्म अर्को वर्षमात्र रिलिजमा आउने छ । आयशा शर्मा आफ्नो दिदी जस्तै सुन्दरी छन् ।
आयशा अभिनेत्री नेहा शर्माको बहिनी हुन् । मिडियामा आएको चर्चा अनुसार आयशा अर्को वर्ष अभिनेता जोन अब्राहमका साथमा फिल्म ‘एसएमजे’ मा देखिदै छन् । मिलाप जवेरीद्वारा लिखित यसै फिल्म ‘एसएमजे’बाट आयशाले बलिउडमा डेव्यु गर्दै छन् । यो फिल्मको निर्माण टिम भुषण कुमारको टी, सीरीज र निखिन अडवाणीको एम्मे इन्टरटेन्मेन्ट रहेका छन् । यो फिल्मलाई मिलाप झावेरीले गर्दैछन् । यो फिल्म एक एक्शन थ्रिलर हुनेछ जसमा जोन अब्राहम र मनोज वाजपेयी लिड रोलमा रहेनेछन् ।
यो फिल्म २०१९ मा रिलिजमा आउन सक्नेछ । आयशा आफ्नो पहिलो यो फिल्मलाई लिएर निकै उत्साहित छन् । यसै फिल्मलाई लिएर आयशाले भनेकी छन्, ‘म डेब्युको लागि यो भन्दा अरु राम्रो फिल्मको बारेमा सोच्न सक्दिन । फिल्ममा मैले अभिनेता जोन अब्राहम र मनोज वाजपेयीको साथमा काम गर्दैछु, त्यसैले यो मेरो लागि चुनौती रहेको छ । मलाई लाग्छ फिल्ममा मेरो भुमिकालाई न्याय दिनसक्छु ।’ आयशाले साउथ फिल्महरुमा भने काम गरिसकेकी छन्, तर बलिउडमा भने यो पहिलो फिल्म हुनेछ । यो भन्दा पहिले आयशाको नाम बरुण धवणको फिल्म ‘जुडवा २’को भुमिकाको बारेमा पनि कुरा भएको थियो तर काम गर्न सकेकी थिईनन् । त्यस्तै आयशाको नाम अर्जुन कपुरको फिल्म ‘नमस्ते इङ्गल्याण्ड’को लागि पनि चर्चामा आएको थियो । यशा सोसल मिडियामा निकै एक्टिभ रहन्छिन् । उनी आफ्नो इन्टाग्राममा आफ्नो तस्वीरहरु सेयर गर्दै आएकी छन् । उनी सोसल मिडियामा सेयर गरेकी आफ्नो तस्वीरकै कारण चर्चामा आउँछन् । एजेन्सी ।



