‘नाई नभन्नु ल’ को सफलतापछि प्रत्येक सिरिज निर्माण गर्दे आईरहेका निर्माता एवं निर्देशक बिकास आचार्य ‘नाई नभन्नु ल ५’ को लागि पनि तयार भएका छन् । ‘नाई नभन्नु ल ५’ मा सम्पुर्ण कलाकारहरु पक्का भईसकेको बताईएपनि हालसम्म यसबारेमा केही खुलाएका छैनन् ।
तर प्रत्येक सिरिजमा जस्तै यस पल्ट पनि बाल कलाकार अनुभव रेग्मी भने छुटेका छैनन् । चलचित्रमा अनुभवको जोडीको रुपमा सेड्रिना शर्मा अनुबन्धित भएकीछिन् । सेड्रिनाले पर्दामा पहिलो पटक काम गर्देछिन् ।
चैत्रबाट फ्लोरमा जाने तयारीमा रहेको ‘नाई नभन्नुल ५’ को घोषणापछि सिक्वेल हेर्न चाहेका दर्शकहरुमा पक्कै पनि उत्सुकता जाग्नेछ ।
पहिलो भागबाट सिक्वेलको रुपमा शुरु भएको यो सिरिज यात्रामा पछिल्लो पटक निर्माण भएको ‘नाई नभन्नुल ४’ खासै सफल नभएपनि सोही चलचित्रबाट पल शाह , आँचल शर्मा र बर्षा राउत जस्ता कलाकारहरु भित्रिएका थिए । गीतसंगितको रुपमा पनि निकै अब्बल हुदै आईरहेको ‘नाई नभन्नु ल’ को पाँचौँ भाग सांगेतिक रुपमा पनि कत्तिको अब्बल साबित होला त्यो भने प्रतिक्षाको बिषय हुनेछ ।
https://youtu.be/m5sU8Obgqy8



