गर्भवती भएको अन्तिम हप्ता पुगेपछि उनले ‘ग्रान्ड फाइनल’ भन्दै गर्भवती भएको पेटको तस्बिर सामाजिक सञ्जालहरूमा सेयर गरेकी छन् ।
आमा बन्नका लागि उत्साही देखिएकी निशाले जन्मने बच्चालाई ‘लिटिल मङकी’ भनेर सम्बोधन गरेकी छन् । उनी गर्भवती भएको ४० हप्ता नाघेको छ ।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्,‘ सानो बाँदरसहित फेरि तपाईंहरू समक्ष प्रकट हुनेछु ।’



