काठमाडौं । गायिका भूमिका गिरीले लोक दोहोरी गीत ‘मायाकै पिरलो’ ल्याएकी छिन् । केही समय अगाडि रिलिज गरेको गीतले राम्रो रेस्पोन्स पाएको छ ।

गीतमा भूमिकालाई गायक भागिरथ चलाउनेले स्वरमा साथ दिएका छन् । ‘गीत राम्रो बनेको छ’, भूमिकाले भनिन्, ‘सबैले राम्रो भन्नुभएको छ । मलाई पनि गीत राम्रो लागेको छ ।’

गीत निर्माण गर्ने बेला सबैको सहयोग रहेको बताएकी गायिका भूमिकाले भनिन्, ‘उत्कृष्ट गीत बनाउन सहयोग गर्नु हुने सबैलाई धन्यावाद ।’ गीत बनाउने बेला विशेष सहयोग गरेको भन्दै भूमिकाले कल्याण रत्न कार्कीलाई पनि धन्यावाद दिएकी छिन् ।

गीतसँगीतमा लामो समयदेखि सक्रिय रहेकी गायका भूमिकाले बेलाबेला आफ्नै स्वरमा गीत रेकर्ड गराउने गरेकी छिन् । भन्छिन्, ‘अरुका गीत पनि गाउने गरेकी छु । आफू गीत बनाउँदा सोँचे जस्तो गरेर काम गर्न पाइन्छ ।’

गीतमा खेम सेञ्चुरीको लय र नेत्र अर्यालको शब्द रहेका छन् । संगीत संयोजन केशव बडूको हो । रामजी खाँड र रश्मी तामाङले म्युजिक भिडियोमा मोडलिङ गरेका छन् । रेश्मी तामाङ म्युजिक भिडियोमा चलेकी मोडल हुन् ।

म्युजिक भिडियोलाई राजेश घिमिरेको छायाँकन, विष्णु शर्माको सम्पादन तथा प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah