स्वर्गीय श्रीदेवीकी छोरी जाह्नवी कपूर बिहिबार राती बान्द्राको रेष्टुरेन्टमा फेला परेकी छिन् । उनी आफ्नो साथीको साथमा डिनर गर्न रेष्टुरेन्ट पुगेकी थिइन् ।
जाह्नवी निकै आकर्षक फुल स्लीव्स सर्ट, डेनिम पहिरनको साथमा नयाँ बूट्स र गोल्ड इयररिंगको साथमा थिइन् । यो पहिरनमा श्रीदेवीकी छोरी जाह्नवी निकै सुन्दर देखिएकी थिइन् ।

रेष्टुरेन्टबाट फर्कदै गर्दा उलने मुस्कुराउँदै फोटो पत्रकारलाइ पोज दिएकी थिइन् । उनी अहिले आफ्नो डेब्यु चलचित्रको पर्खाइमा छिन् ।
उनको चलचित्र ‘धड़क’ प्रर्दशनजको तयारीमा छ । धर्मा प्रोडक्शन र जी स्टूडियोको ब्यानरमा तयार भएको चलचित्र २० जुलाईमा प्रर्दशनमा आउनेछ ।
मराठी चलचित्रको सुपरहिट ’सैराट’ को हिन्दी रिमेकको रुपमा ‘धड़क’ आउन लागेको हो । हिन्दी रीमेकका डायरेक्टर शशांक खेतान रहेका छन् । जाह्नवीको अपोजिटमा सहिद कपुरका भाई ईशान खट्टर देखा पर्नेछन् ।



