बलिउड अभिनेत्री शिल्पा सेट्टीका छोरा ६ वर्ष पुगेका छन् । छोरा विआनको जन्मदिनको मौकामा शिल्पाले वृद्धाश्रममा फलफूल र मिठाई बाँडिन् ।
उनीसँग आमा सुनन्दा, श्रीमान् राज कुन्द्रा र छोरा विआन थिए । शिल्पाले मिठाई र फलफूल बाँडिरहेको भिडियो आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी थिइन् ।
उनले सकारात्मकभन्दा नकारात्मक प्रतिक्रिया बढी पाइन् । ‘नायिकाले सस्तो फलफूल बाँडेपछि यसबारे सोसल मिडियामा सार्वजनिक गरिन्’, एकजनाले कमेन्ट गरेका छन् ।
शिल्पाले पनि आफूमाथि कटाक्ष गर्नेमाथि जवाफ दिएकी छिन् । शिल्पाले ट्रोलरलाई जवाफ दिँदै भनिन्, ‘तपाईंले यस्तो सोँच राख्नुहुन्छ, यो निकै दुःखको कुरा हो ।’
शिल्पाले भनेकी छिन्, ‘भिडियो पोष्ट गर्ने मेरो एउटै उद्देश्य यो थियो कि यस्तो कामका लागि मानिसहरूलाई जागरुक गराउनु ता कि अन्य व्यक्तिले पनि सहयोगको आवश्यकता परेका व्यक्तिलाई सहयोग गर्न अगाडि बढ्न सकुन् ।’ एजेन्सी



