गुडफ्राइडे मुडमा पुगिसकेको काठमाडौं उपत्यकाको सहरी जीवन वयस्क भइसकेको छ । यो वयस्क काठमाडौंको किशोर कथा पनि अनौठो देखिन्छ । सुविधासम्पन्न क्याफे, रेस्टुरेन्ट, फिल्म हल, गेमजोनमा झुम्मिने एउटा तप्का छ । अर्को तप्का, नशा, प्रेम, सेक्स, ब्रेकअप, प्याचअपमा रमाउने पनि छ । स्वतन्त्रताको उपभोग कसैले युरोपियन संस्कृतिमा गर्न पाएको छ भने त्यो काठमाडौंका किशोरकिशोरीले गरेका छन् ।

काठमाडौंमात्र होइन कतिपय सहरका किशोरकिशोरी प्रेमलाई सेक्स र ब्रेकअप प्याचअपसँग जोडन्छन् । हेटौंडाको एक विद्यालयका विद्यार्थीको सामुहिक यौन क्रियाकलापको भिडियो बाहिरिएको होस् वा बेबीलोन डान्सबारमा कलेज बंक गरी जाने दर्जनौ जोडीको कथा । किशोरकिशोरीमा आधुनिकताका नाममा भित्रिएको कल्चरसँगै सेक्स, रोमान्सको लत बलियो हुन थालेको विभिन्न सर्वेक्षणले पनि देखाएकै गरेको छ ।

अझ प्रविधि र इन्टरनेटको सुविधा जुन गतिमा बढिरहेको छ, यो पुस्ताले जीवनका चरम आनन्दलाई त्यो भन्दा तिव्र गतिमा बढाउन थालेका छन् । कक्षा १० को परिक्षा सकेपछि आफुलाई बाहिरी दुनियाँसँग जोड्ने पुस्तामा फेसन, ड्रग, सेक्स, अफेयर, ब्रेकअप, प्याचअप सामान्य बन्न थालेका हुन् ।यसका केही प्रतिनिधि घटना र अनुभवीहरू पनि छन् । ‘स्ल्याङ’पुस्ताको गति तिव्र रहेको स्वास्थ्य मन्त्रालयले सन् ७ वर्ष अघि नै गरेको अध्ययनले पनि देखाएको थियो ।अभिषेक नाम परिवर्तन कक्षा १२ मा पढ्छन् । उनी १७ वर्षका भए । तर, उनीसँग सेक्सको अनुभव छ । एसएलसी दिँदा प्रेमिकासँग डेटमा सहवास गरेका उनी भन्छन्,‘त्यसपछि हाम्रो ब्रेकअप भयो । उसको पहिलाको ब्वाईफ्रेन्डसँग प्याचअप भएको सुन्छु ।अभिषेकका साथी रिदम १८ वर्षका भए । उनले त यो उमेरसम्म तीनजना गर्लफ्रेन्ड फेरिसकेका छन् । तीनै जनासँग उनको ‘सेक्स’को अनुभव छ । भन्छन्,‘यो त सामान्य भईहाल्यो नि १ नगरकोट, धुलिखेल, ककनीतिर डेटमा गयो । त्यहाँ बनेका कटेजमा मज्जाले ‘भ्यायो । अनि, ब्रेकअप गर्ने हो ।यो पुस्तालाई आफ्नो उमेर लामो भएका कारण धेरैसँग रमाइलो गर्ने मौका भएको पनि लाग्छ । रिदम भन्छन्,‘कलेजमा त एउटै कक्षामा दुईजना केटीसँग अफेयर चलाउन सकिन्छ ।’ त्यसो त केटीहरूले पनि डबल अफेयरका विषयमा खासै चासो दिने गरेका छैनन् ।

यो पुस्ताको क्रियाकलापलाई सन् २०१० र ११ मा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एउटा अध्ययन सर्वेक्षणले पुष्टि गरेको छ ।नेपालका किशोरकिशोरीहरूले १८ वर्षकै उमेरमा पहिलो पटक यौन सम्पर्क राख्ने गरेको एक सरकारी सर्वेक्षणको नतिजा आयो ।मन्त्रालयका अनुसार सर्वेक्षणमा १५ वर्ष नपुग्दै ७२ प्रतिशत किशोर किशोरीले यौन सम्पर्क राख्ने गरेको फेला परेको छ । २४ प्रतिशतले ब्वाईफ्रेन्ड र गर्लफ्रेन्डबीच सहवास गरेको र ३ प्रतिशतले आफुले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।पछिल्लो यो प्रतिवेदनमा किशोरकिशोरी डबल अफेयर रुचाउने गरेको देखाएको छ । १० देखि २४ वर्षका किशोरकिशोरीेले एकै साथ डबल अफेयर चलाईरहेको पाईएकोछ ।अभिभावकले कम चासो दिने गरेका कारण उमेर नपुगी नै यस्ता कार्यकलापमा किशोरकिशोरीको सक्रियता बढेको अनुमान सर्वेक्षणले गरेको छ । सहरमा व्यस्त अभिभावक हुने भएका कारणले नतिजा यस्तो देखिएको हो’, प्रतिवेदनमा उल्लेख छ,‘बढ्दो सहरीकरण र युरोपियन कल्चरको प्रभाव पनि देखिएको छ ।
-टि.भी अन्नपूर्ण बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah