बलिउड अभिनेत्री दीपिका पादुकोणको अपार्टमेन्ट भवनमा बुधबार आगो लागेको छ। ३३ तलाको विउमोन्ड नामक टावरमा भीषण आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो भवनको २६ औं तलामा दीपिका बस्दै आएकी छिन्। ३० औं तलामा दीपिकाको अफिस छ। ३२ औं तलामा आगो लागेको हो। आगो नियन्त्रण गर्न फायर ब्रिगेडको ८ गाडी समयमै घटनास्थल पुगेका थिए। आगो माथि र तलका २/३ वटा अर्पाटमेन्टसम्म फैलिएको थियो। विउमोन्ड भवनमा दीपिकाले २०११ मा १६ करोड भारु हालेर फ्ल्याट खरिद गरेकी थिइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगो लागेको बेला दीपिका घरबाहिर थिइन्। घटनाबारे जानकारी पाएपछि दीपिकाले आफू सुरक्षित रहेको जानकारी गराएकी छिन्। ट्वीटरमा उनले लेखेकी छिन्– ‘म सुरक्षित छु। धन्यवाद। हामीले फायर फाइटर्सका लागि प्रार्थना गर्नुपर्छ, जो आफ्नो ज्यान जोखिममा हालेर आगो नियन्त्रणका लागि हाम्रो लागि काम गरिरहेका छन्।’

मुम्बई प्रहरीका अनुसार अपार्टमेन्टमा फसेका सय जनाको सकुशल उद्दार गरिएको छ। आगो नियन्त्रणकाे प्रयास जारी छ।