भनिन्छ हावा नचलि पात हल्लिँदैन।बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनस अहिले सम्बन्धमा छन् भन्ने सुइँको सबले पाइसकेका छन्।

मिडियामा जोनस र प्रियंका सम्बन्धका बारेमा विभिन्न टिका टिप्पणीहरु आइरहेका छन्।

अहिले उनीहरु डेटिङमा मस्त छन्।रिपोर्टका अनुसार निक सम्बन्धलाई बलिएर निकै सिरियस छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हुन त प्रियंका र निकको हिमचिम हल्ला फैलेयता निकै नै बढेको पाइएको छ।

रिपोर्टका अनुसार निक प्रियंकाको प्रेममा पागल भैसकेका छन् र यस सम्बन्धलाई नयाँ मोडमा लैजाने तयारी गर्दैछन्।

निकले डेटिङ मात्र होइन सुन्दरी प्रियंकासँग लगनगाँठो कस्न चाहन्छन्। रिपार्टका अनुसार निकले प्रियंकालाई गुमाउन चाहन्न्।

कहिले प्रियंका निकको परिवारसँग रमाइरहेको फोटो सार्वजनिक हुन्छ भने कहिले उनीहरु सँगै डिनर डेट मा गएको फोटो भाइरल भइरहेको हुन्छ।

विदेशी केटासँग डेटिङ गरिरहेकी यस सम्बन्धबारे प्रियंकाकी आमाले बारम्बार खण्डन गरिरहेकी छिन्।