एजेन्सी। यदि कुनै अभिनेत्रीले आफ्नो करियरको सुरुवात बलिउडका किंग खान शाहरख खानसँग गरेकी छन् भने उनको करियर कहाँसम्म जान्छ? यसलाई बुझ्नाकालागि दीपिका पादुकोणको उदाहारण काफी छ। जसले शाहरुख खानसँग बलिउडम डेब्यू गरेकी थिइन्। दीपिकाले बलिउडको आफ्नो सफर फिल्म ओम शान्ति ओममा शाहरुख खानसँग सुरु गरेकी थिइन्। अहिले बलिउडमा दीपिका सबैभन्दा चर्चित र व्यस्त नायिकामा गनिन्छिन्।

तर आज हामी यस्ती अभिनेत्रीको बारेमा जानकारी दिँदै छौं जसले आफ्नो करियर पनि शाहरुख खानसँग सुरु गरेकी थिइन्। तर समयले उनीसँग यस्तो खेल खेल्यो की उनको करियर चौपट भयो। आज हामीले जानकारी दिने अभिनेत्रीको नाम हो महिमा चौधरी। महिमाले शाहखर खानसँग फिल्म परदेशबाट आफ्नो करियर सुरु गरेकी थिइन्। त्यसपछि महिलाले बलिउडमा एक से एक ठूला फिल्म पाउन थालिन्। तर सयमसँगै उनको करियर पनि निकै तीव्र गतिमा समाप्त भयो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महिमा चौधरी यतिबेला आफ्नो घर परिवार चलाउनकालागि टिभी रियालिटी शोमा जजका रुपमा काम गरिरहेकी छन्। त्यसबाहेक उनी कुनै कुनै इनागरेशन कार्यक्रममा अतिथिका रुपमा पनि जाने गर्छिन्। महिमाले २००६ मा बबी मुखर्जीसँग विवाह गरेकी थिइन्। उनकी एक छोरी पनि छन्। छोरी ८ वर्षकी भइन्। तर महिमा विवादको केही समयपछि नै श्रमानसँग अलग भइन्।

तर सम्बन्ध विच्छेद भने गरेकी छैनन्। महिमाले सिंगल आमा भएका कारण एक महिलामाथि निकै जिम्मेवारी हुने भएकाले आफूले फिल्ममा काम गर्न कम गरेको बताएकी छन्। उनले फिल्मका काम गर्न छोडेपछि अन्य काम गरेर घर खर्च चलाइरहेकी छन्।