काठमाडौं, असार १३ । नवनायिका एवं पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतम दुर्घटनामा परेकी छिन् । उनी लाजिम्पाटस्थित घर जाने क्रममा दुर्घटनामा परेकी हुन् ।
मोटरसाइकल दुर्घटनामा परेकी एलिजाको अहिले गम्भीर अवस्थामा उपचार भइरहेको छ । ‘ठूलो दुर्घटना बाट बाच्न सफल भयौ, हामि म र ऐलिजा दि’ एजिलाका भाई सुजन आचार्यले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् ।
लाजिम्पाट घर जाने क्रममा दुर्घटना भएको उनले उल्लेख गरेका छन् । आफू चलाएको मोटरसाईकल दुर्घटनमा परेको उनको भनाइ छ । बाटो काट्न लागेको गार्इलार्इ जोगाउने क्रममा मोटरसाईकलको ब्रेकले काम नगर्दा दुर्घटना भएको उनले स्टाट्स मार्फत जानकारी दिएका हुन् ।
‘बाइकको ब्रेकले काम गरेन र बाइक इस्पिड मा थियो स्पिड कन्ट्रोल गर्न सकिन’ उनले लेखेका छन्, ‘जसका कराण दुर्घटना हुन पुग्यो र दुर्घटनामा परि दिदीको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।’
उनले एजिलाको उपचार काठमाण्डौ ग्राण्डी अस्पतालमा भइरहेको जानकारी दिएका छन् । पत्रकार ऋषी धमलाले एलिजा सवार मोटरसाइकल दुर्घटनामा परेको पुष्टि गरेका छन् ।




