अभिनेत्री गौरी मल्ल पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा खासै सक्रिय छैनन्। कुनै समय चरित्र अभिनेत्रीका रुपमा सिनेमाहरुमा बाक्लै छाइरहने मल्ल अचेल आक्कल झुक्कल मात्रै सिनेमामा देखिन्छन्। साँच्चै गौरी के गर्दैछिन् त?

‘अहिले त म प्रधानमन्त्री पो भइखाएको छु’, नेपालखबरको प्रश्नमा गौरीले भनिन्।

उनी अहिले ‘महिला प्रधानमन्त्री’ छन्। नेपाल सरकार संघिय मामिला तथा स्थानीय मन्त्रालयको स्विकृतीमा युएसएआइडिको सहयोगमा निर्माण भइरहेको टेलिसिरियल ‘सिंहदरबार’ मा उनी महिला प्रधानमन्त्रीका रुपमा अभिनय गर्दैछिन्।

प्रधानमन्त्री भएर अभिनय गर्दा कस्तो फिलिङ आउँदो रहेछ?
गौरीले भनिन्, ‘सेटमा त म पूरै प्रधानमन्त्री नै हुन्छु। सुटिङकै भएपनि अघिपछि सेक्युरिटी गार्ड छन्। झण्डावाला गाडी छ। ठ्याक्कै प्रधानमन्त्री भएको जस्तो लाग्छ। कहिलेकाहिँ घरमा समेत त्यो कमाण्डिङ र प्रधानमन्त्रीवाला फिल आइरहेको हुन्छ।’

 

२ वर्ष अघि महिला कार्यकारी प्रधानमन्त्री भएर देश सञ्चालन गरेको कल्पनामा तयार भएको सिंहदरबार टेलिसिरियलको दोस्रो सिजनको यतिबेला धमाधम छायांकन भइरहेको छ। नेपालखबरसँग गफिँदै गौरीले सिंहदरबारको कामले गर्दा नै आफूले केही सिनेमाहरु छाड्नु परेको भनाई राखिन्।

‘पहिलो सिजनमा आफू महिला प्रधानमन्त्री आशाको रुपमा प्रस्तुत भइसकेकोले पनि दोस्रो सिजनमा स्क्रिप्टले मलाई नै माग्यो। नगरम पनि कसरी?’, गौरीले भनिन्, ‘फेरि यो पाली स्क्रिप्टमा अलि धेरै मिहिनेत परेर होला निकै समय लाग्यो र छायांकन पनि ढिलै हुन गयो। यसले गर्दा पनि मैले केही सिनेमाहरु गर्न पाइनँ।’

सिनेमामा नदेखिनुको कारण प्रष्ट्याउदै गौरी भन्छिन्, ‘सिंहदरबारको सिजन २ को छायांकनमा जानुअघि खेल्ने कि नखेल्ने भन्ने दोधारमै थिएँ। गर्ने गर्ने भनेको पनि लामो समय भइसकेको थियो। त्यसै कारणले पनि गर्ने कि नगर्ने भन्ने भएको थियो।’

सिंहदरबारको दोस्रो सिजनमा आफ्नो भूमिका अझै सशक्त रहेको र आफूले गर्ने पात्र आशा ४ वर्षपछि प्रधानमन्त्री भएर कार्यकारी भूमिकामा रहेकोले पनि यो भूमिकाको लोभ लागेको गौरीको भनाई छ।

साँच्चिकै महिला कार्यकारी प्रधानमन्त्री हुने दिन चाहिँ कहिले आउला त?
गौरी भन्छिन्, ‘महिलामा त्यो क्षमता छ भन्ने मलाई लागेको छ। तर चुनौतीपूर्ण छ। किनकी राष्ट्रपती महिला नै भए पनि कार्यकारी प्रधानमन्त्री हुने नेपालको व्यवस्था रहेकोले धेरै जिम्मेवारी र काम प्रधानमन्त्रीको हुन्छ। यस्तो अवस्थामा महिला प्रधानमन्त्रीको जिम्मेवारी धेरै चुनौतीपूर्ण हुन सक्छ।’

नेपालमा प्रधानमन्त्री हुन लायक महिला को छ त? यो जिज्ञासामा गौरीले एउटा मात्र नाम लिइन, ‘त्यस्ता महिला छन् नि। मलाई नेतृ पम्फा भुषाल चाहिँ अलि कमाण्डिङ लाग्छ। उनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँछ जस्तो लाग्छ।’

 

सिंहदरबारमा प्रधानमन्त्रीको अभिनय गरेकी गौरी मल्ल साँच्चैको प्रधानमन्त्री हुन चाहिँ योग्य छैनन्? यो प्रश्न सुन्नेबित्तिकै लामो हाँसो हाँस्दै उनले थपिन, ‘गौरी मल्लको नामै नलिनुस्।’

ठूलो पर्दामा काम गरिरहेको कलाकारले टेलिसिरियल गर्दाको अनुभव बाँड्दै गौरी भन्छिन्, ‘केही कुराले फरक छैन। लगानी पनि राम्रो छ। टिम पनि अनुभवीहरुको छ। २–३ वटा क्यामेरा, लाइटिङ, प्रविधि हरेक हिसाबले सिनेमाको खिचाइ भन्दा कम छैन।’

विशेषतः महिला शसक्तिकरणका लागि देश हाँक्न सक्ने स्थानमा महिला पनि पुग्नु पर्छ भन्ने सन्देश बोकेर तयार भएको टेलिसिनेमा सिंहदरबारमा गौरी मल्लका साथै प्रमोद अग्रहरी, प्रमेश झा, रमेशरञ्जन झा, देशभक्त खनाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, रेन विक, प्रभात रिमाल लगायतको मुख्य भूमिका रहेको छ।

नविन सुब्बाले निर्देशन गरिरहेको सिंहदरबारको छायांकन लगभग ७५ प्रतिशत सकिएको प्रोडक्सन म्यानेजर विष्णु बुढाथोकीले बताए। सिंहदरबार यहि जुलाईको पहिलो सातादेखि नेपाल टेलभिजनबाट प्रशारण हुँदैछ।

साभार श्रोत: नेपाल खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah