एजेन्सी– बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म 'सञ्जु'ले यतिबेला फिल्म बजारमा उत्कृष्ट व्यापार गरिरहेको छ। फिल्ममा सञ्जयको भूमिकामा रणवीर कपुर छन्।

कुनै पनि बायोपिक फिल्म बनाउनका लागि सम्बन्धित व्यक्तिबाट प्रतिलिपि अधिकार लिनुपर्ने हुन्छ। सञ्जु निर्माणका लागि सञ्जय दत्तले निर्माता विधु विनोद चोपडालाई प्रतिलिपि अधिकार प्रदान गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसबापत सञ्जयले कति रकम पाए होलान्?

एक भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको प्रतिलिपि अधिकारका लागि सञ्जयले ९ देखि १० करोड रुपैयाँमा सहमति जनाएका थिए। यससँगै उनले फिल्मबाट प्राप्त नाफाको केही हिस्सा समेत प्राप्त गर्नेछन्।