बलिउडका सुपरस्टार शाहरुख खान र उनकी श्रीमती गौरी खानको प्रेमकहानी फिल्मको जस्तै छ। कलेज समयदेखि नै ‘डेट’ सुरु गरेको यो जोडीले १९९१ मा विवाह गरेका थिए।

बलिउडका अन्य जोडीजस्तो विवादमा नआउने यो प्रेमजोडीलाई सार्वजनिक कार्यक्रमदेखि सामाजिक सञ्जालसम्म कमै मात्र एक साथ देख्न पाइन्छ। हालै शाहरुखले सामाजिक सञ्जाल इङ्स्टाग्राममा एक तस्बिर सेयर गरेका छन् जसमा उनी श्रीमती गौरीका साथमा देखिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त तस्बिरको क्याप्सनमा शाहरुखले लेखेका छन्, ‘वर्षौपछि श्रीमतीले मलाई फोटो राख्ने अनुमति दिएकी छन्।’फोटो राखेको ९ घण्टामा साढे ६ लाखभन्दा बढीले लाइक गरेका छन्।

फोटोमा दुबै जनाले कालो चस्मा लगाएका छन् भने शाहरुखले कालो कलरको टिसर्ट लगाएक छन्।

https://instagram.com/p/Bk8R5U6jsvf/?utm_source=ig_embed

तस्बिरमा राखेको क्याप्सनले यो कुरा खुलाएको छ कि शाहरुखलाई फोटो राख्न र सार्वजनिक गर्ने गौरीले रोक्दै आएकी थिइन्।

प्रचारप्रसार र चर्चाभन्दा बाहिर रहन चाहाने गौरीले त्यही कारणले शाहरुखलाई फोटो राख्नमा रोक लगाउँदै आएकी हुन्।

शाहरुख अहिले आफ्नो आगामी फिल्म ‘जिरो’को प्रचारप्रसारमा व्यस्त रहेका छन्। फिल्मको टिजर सार्वजनिक भइसकेको छ भने केही दिनमा ट्रेलर आउने बताइएको छ।