बलिउड अभिनेत्री सन्नी लियोनिको बायोपिक विवादमा आएको छ । यो बायोपिकको नाम ‘करणजित कौरः एन अनटोल्ड स्टोरी’ लाई लिएर सिख समुदायले आपत्ति जनाएका छन् ।

सिखहरुको संगठन सिरोमणी गुरुद्वारा प्रबन्धक कमिटीका प्रवक्ता दिलदित सिंहले बायोपिकको नाम परिवर्तन गर्नुपर्ने अन्यथा प्रशारण हुन नदिने बताए ।

‘यो नामले समस्त सिख सम्प्रदायको अपमान गरेको छ,’ उनले भने, ‘सन्नीले धर्म परिवर्तन गरिसकेकी छन्, त्यसैले अब कौर थर उनले प्रयोग गर्न पाउँदिनन् ।’

अश्लिल चलचित्रकी नायिकाको बायोपिकमा ‘कौर’ थर प्रयोग हुँदा सिख समुदायलाई ठेस पुग्ने उनको भनाई छ । यसबारेमा सन्नीले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

बायोपिकको ट्रेलर केही दिनअघि सार्वजनिक गरिएको थियो । यसमा सन्नीले आफ्नो भूमिका आफैं निभाएकी छन् । कुनै पनि बायोपिकमा यो नयाँ अभ्यास हो । बाल्यावस्थाकी सन्नीको भूमिका भने १४ वषिर्या रसा सौजनीले गरिरहेकी छन् ।

आदित्य दत्तले निर्देशन गरेको यो बायोपिक जि ५ एपमा वेव सिरिजका रुपमा १६ जुलाईबाट प्रशारण हुनेछ । प्रशारण सुरु भएपछि यो अझै विवादमा मुछिन सक्ने अड्कल काटिएको छ । यसमा सन्नीका सेक्स सिनहरु कति समावेश गरिएको छ भन्ने ट्रेलरबाट खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah