काठमाण्डु – नेल्सन मण्डेलाले २७ वर्षे जेल जिवनमा सयभन्दा बढि पत्र कोरेका थिए । मण्डेलाले कहिले आफ्नो परिवार, जेलका गर्भनर, सरकारी अधिकारी र समर्थकको नाममा परिवर्तन र रंगभेद अन्त्यका लागि निरन्तर मुटु छुने पत्र लेखिरहे ।

सन् २०१३ मा मृत्यु भएका मण्डेला आज अर्थात् सन् २०१८ जुलाई १८ मा एक सय वर्ष पुगेका छन् । यसै अवसरमा ‘द प्रिजन लेटुर्स अफ नेल्सन मण्डेला’ नामको किताव प्रकाशन भएको छ । चिठीको संयोजन र सम्पादन नेल्सन मण्डेला फाउन्डेशनका वरिष्ठ अनुसन्धानदाता साहम भेन्टरले गरेका छन् । पत्रमा देशको स्वतन्त्रताका लागि गरेका संघर्ष, लगाव, धैर्यता, सहनशिलता र अन्तर्यको विषयमा खुलासा भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सन् १९६९ मा आफ्ना छोरीहरुलाई नेल्सन मण्डेलाले कोरेको पत्रः

मेरा मुटुका टुक्राहरु, जिन्दीले पठाएको मिठो पत्र मैले पाएँ । र म धेरै खुशी छु कि तिमी ‘स्ट्याण्डर्ड २’ मा पुगेको थाहा भयो । डिसेम्बरमा तिम्रो ममिले मलाई भेट्न आउँदा भनेकी थिइन्, तिमीहरु दुबै परिक्षमा उत्तिर्ण भएका छौ । जेनी ‘स्ट्याण्डर्ड ३’ पुगेकी छौ । गाथो र माकीले पनि पास भएका छन् । मलाई गर्व छ कि मेरा सन्तान सबैले राम्रो गरिरहेका छन् ।

मलाई आशा छ, अर्को वर्ष यो भन्दा उत्कृष्ट गर्नेछौ । जेनिले चिप्स, भात, मासु र अन्य परिकार पकाउन जानिसकेकाी छिन् भन्दा म धेरै खुशी थिए । एक दिन उनले पकाएको हेर्दै रमाउने बाटो हेरिरहेको छु ।

म घरमा नहुँदा जिन्दीको मन दुखेको छ । तिमी म घर फर्किने मितिको बारेमा जान्न चाहन्छौ । मलाई थाहा छैन, मेरा मुटुका टुक्राहरु, म कहिले घर फर्कनेछु । सायद, तिमीहरुलाई सम्झना होला । मैले सन् १९६६ मा पठाएको पत्रमा लेखेको थिए कि गोरो न्यायाधीसले तँ जिन्दगीभर जेलमै बस्नेछस् भन्दै फर्मान जारी गरेका थिए ।

म घर फर्कने मिति लामो पनि हुनसक्छ । सायद, छोटो पनि । कसैलाई थाहा छैनऽ त्यो कहिले हुनेछ । यद्यपी, त्यो न्यायाधीशलाई पनि पत्तो छैन । तर म निर्धक्क छु कि म एक दिन घर फर्कनेछु । मेरो सास रहुन्जेल तिमीहरुसँग खुशी मनाउँदै रमाउनेछु ।

अहिले मेरो चिन्ता लिनुपर्दैन । म खुशी छु । स्वस्थ्य छु । पूर्ण रुपमा बलियो र आशावादी छु । एउटा कुरा जब म एक्लो महशुश गर्छु अनि तिम्रो फोटो हेर्छु । सेतो फ्रेम र कालो किनारामा रहेको तिम्रो फोटो सधैँ मेरो अगाडि छ । जो ज्यादै सुन्दर छ । दुई वर्ष अगाडि मैले ममिलाई ग्रुप फोटो पठाइदिनु भनेको थिए । जुन फोटोमा जिन्दी, जेनी, माकी, गाथो, नोमफुन्दो(भतिजी) होउन् । तर मैले अहिलेसम्म पाउन सकेको छैन । त्यो फोटोले मलाई अहिलेको अवस्थामा ज्यादै खुशी बनाउनेछ ।

तिमिले पठाएको क्रिसमस कार्डका लागि धेरै धन्यवाद । दिदि र ममीले पनि पठाएकी थिइन् ।

ममिले मलाई वर्षमा दुई –तीन पटक भेट्छिन् । उनले गाथो र अन्यलाई भेट्ने प्रबन्ध गरेकी छिन् । मलाई केपटाउनका पादरीले महिनामा एकपटक भेट्छन् । र मलाई महिनामा एउटा चिठी प्राप्त गर्ने र लेख्ने अधिकार पनि दिइएको छ । यस्ता कुराले मलाई थप खुशी र आशावादी बनाएका छन् ।

बुबा बोरेलीलाई सादर अभिवादन सुनाइ दिनु र आमाप्रति ऋणी भएको, र सबै दिदिबहिनीहरुलाई पनि । जसले मलाई सहयोग र मार्गनिर्देशन दिएका थिए । जो तिमीहरुले अहिले पाइरहेका छौ । लाग्छ, त्यो मायाममता कुनै न कुनै माध्यमबाट एकदिन फिर्ता गर्नेछु ।

सन् १९६५ मा जेनीले पठाएको पत्रमा मलाई घर आउन आग्रह गरेकी थियौ । अंग्रेजी राम्रो थियो । ह्याण्डराईटिगं पनि सुन्दर थियो । यसलाई निरन्तरता दिदैँ जानु ।

मुरीमुरी माया र लाखौँ चुम्बन ।

स्नेह,

टाटा

(नेल्सन मण्डेला कैदी नं ११६५७/६३ थिए ।)